काँग्रेस अधिबेशन: फुङलिङमा सहमतिका लागि नयाँ प्रस्ताव

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज ७ । नेपाली काँग्रेसको फुङलिङ नगर समितिको अधिबेशनबाट सर्वसम्मतिमै नयाँ नेतृत्व चयन गर्न मध्यमार्गी बाटो लिन सुरु गरिएको छ ।

वर्तमान नगर उपसभापति बिनोद गुरुङलाई नगर सभापतिको नेतृत्व दिएर सहमति खोज्ने प्रयास सुरु गरिएको नेताहरुले बताएका छन् । तर सहमति कायम भइसकेको आधिकारिक पुष्टी भइसकेको भने छैन ।

यसअघि निवर्तनमान नगर सभापति सुरेश सिंघक,फुङलिङ नगरपालिका वडा नं ८ का वडाध्यक्ष तथा वडासभापति क्षितिज सुनुवार र फुङलिङ नगरपालिका वडा नं ६ का वडाध्यक्ष तथा वडा सभापति मदन गुरुङ(तेज)ले नगरसभापतिका लागि आफ्नो दावेदारी प्रस्तुत गर्नु भएको थियो ।

बुधवार अधिबेशन भएर बन्दसत्रका अरु कार्यक्रम सकेपछि सहमतिका लागि अहिलेसम्म प्रयास जारी राखिएको नेताहरुले बताएका छन् । केहि पदाधिकारीमा अझै कुरा मिल्न बाँकी रहेको स्रोतहरुले जनाएका छन् ।

Similar Posts