तिहारको पहिलोदिन पाथीभरामा ३१ सय बढी दर्शनार्थी

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक २१ । तिहारको पहिलो दिन शनिवार ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा ३ हजार १ सय बढी दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् ।

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार शनिवार ३ हजार १ सय २२ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेका हुन् ।

गत मंगलवार पाथीभरामा यसबर्षकै सबैभन्दा बढी १० हजार ६ सय १६ जनाले पाथीभरा मन्दिरको दर्शन गरेको अभिलेख पाथीभरा क्षेत्र विकास समितिसंग रहेको छ ।

Similar Posts