ताप्लेजुङको खोक्लिङमा सञ्चालित ५ दिने उद्घोषण तथा भाषणकला सम्वन्धी तालिम सम्पन्न

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत १९ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं २ खोक्लिङमा सञ्चालित ५ दिने उद्घोषण तथा भाषणकला तालिम सोमवार (आज)सकिएको छ ।

कार्यक्रमको समापन समारोहमा बोल्दै मिक्वाखोला गाउँपालिका वडा नं २ का वडाध्यक्ष झरेन्द्रप्रसाद थापाले महिला शसक्तिकरणका लागि यो अभिमुखीकरण लाभदायक भएको विश्वास लिनु भयो । सोहि वडाका वडा सदस्य देवीमाया ओझा थापाले सिकेको सीपलाई व्यवहारमा उतार्न तालिममा सहभागी महिलाहरुले हरदम प्रयत्न गर्ने विश्वास व्यक्त गर्नुभयो । आयोजक सगरमाथा महिला विकास समितिका अध्यक्ष बिमला बस्नेत थापाले दर्शक र स्रोतका अघि उभिएर बोल्न हिचकिच हुने विगतलाई तालिमले बिर्साएको अनुभूति आफुहरुले गरेको बताउनुभयो । सहभागीहरुकातर्फबाट भूमिका खड्का थापा,संगीता राई,शान्ता शेर्पा र बिजयकला थापाले बोल्दै मिक्वाखोला गाउँपालिकाका महिलाको दक्षता विकासमा तालिम लाभदायक भएको बताउनुभयो ।

सहजकर्ता तथा पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारीले बोल्ने सीप र कार्यक्रम सञ्चालन गर्दा अपनाउनुपर्ने तौढतरिका बारे आफुले सहभागीलाई अवगत गराएको बताउनुभयो । सगरमाथा महिला विकास समितिका सचिव बिष्णुमाया राईका अनुसार तालिममा ५० जना स्थानीय महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्थानीय बुद्धिजीवि कृष्णप्रसाद थापा,वेसीगाउँ आधारभूत बिद्यालयका व्यवस्थापन समिति अध्यक्ष देवकुमार बस्नेत सहितको उपस्थिति रहेको थियो । मिक्वाखोला गाउँपालिकाको आर्थिक सहयोगमा सगरमाथा महिला विकास समिति खोक्लिङले वडा नं २ को कार्यालयमा चैत १५ गते देखि तालिमको आयोजना गरेको थियो ।

Similar Posts