फुङलिङको बजेट ७९ करोड बढीको

उज्यालो पोष्ट
ताप्लेजुङ,असार १० । ताप्लेजुङको फुङलिङ नगरपालिकाले आगामी आर्थिक बर्ष २०८३।८४ का लागि ७९ करोड १२ लाख २६ हजार ७ सय ९० रुपैयाँको बजेट ल्याएको छ ।

नगरसभामा नगर उपप्रमुख भीमादेवी ओझाले चालुतर्फ ४७ करोड ६८ लाख ३२ हजार ७ सय ९० रुपैयाँ र पुँजीगततर्फ ३१ करोड ४३ लाख ९४ हजार रुपैयाँ रहेको बजेट प्रस्तुत गर्नु भएको हो ।

यसअघि नगरप्रमुख अमिर मादेनले आगामी आवका लागि नीति र कार्यक्रम समाभा पेश गर्नु भएको थियो । सभाले नगरप्रमुख मादेनले पेश गर्नु भएको नीति तथा कार्यक्रमलाई पारित गरेको छ ।

Similar Posts