आठराई त्रिबेणीको आगामी बजेट साढे ५१ करोडको

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १० । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले ५१ करोड ५८ लाख ६८ हजार १ सय ३४ रुपैयाँको बजेट ल्याएको छ ।

पालिका उपाध्यक्ष शान्ताकुमारी आङवुहाङले गाउँसभा अधिबेशनमा उक्त रकम बराबरको बजेट प्रस्तुत गरेकी हुन् । कुल बजेटमध्ये चालुतर्फ ३३ करोड ७१ लाख ९८ हजार १ सय ३४ रुपैयाँ र पुँजीगततर्फ १७ करोड ८६ लाख ७० हजार रुपैयाँ रहेको छ ।

आठराई त्रिबेणीले चालु आव २०८२।८३ का लागि ५२ करोड ३६ लाख ५४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । उक्त बजेटमध्ये चालुतर्फ ६५ प्रतिशत र पुँजीगततर्फ ३४ प्रतिशत बजेट खर्च भईसकेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय राजवंशीले जानकारी जानकारी दिनुभयो ।

गाउँपालिकाले चालु आवका लागि ४७ लाख २२ हजार रुपैयाँ आन्तरिक आय हुने प्रक्षेपण गरेकोमा असार पहिलो साता भित्रमा ४७ लाख ९० हजार ७ सय ७४ रुपैयाँ आन्तरिक आय संकलन भइसकेको उपाध्यक्ष आङवुहाङले जानकारी जानकारी दिनुभयो ।

 

Similar Posts