जेठ महिनामा पाथीभराबाट ४६ लाख बढी भेटि संकलन

उज्यालो पोष्ट
ताप्लेजुङ,असार ३ । जेठ महिनामा ताप्लेजुङस्थित पाथीभरा मन्दिरबाट ४६ लाख ६० हजार बढी भेटि संकलन भएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार जेठ महिनामा ४६ लाख ६० हजार ६ सय रुपैयाँ भेटि संकलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले मन्दिरबाट संकलन भएको रकममध्ये प्रत्येक महिना गणना भएको र मन्दिरको दर्शन गर्न आएका तीर्थालुको संख्या सार्वजनिक गर्दै आइरहेको छ ।

जेठ महिनामा ८ हजार ३ सय ८७ जनाले मन्दिरको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । क्षेत्र विकास समितिले माथिल्लो फेदिस्थित प्रहरी चेकपोष्ट संगै दर्शनार्थीको तथ्याङ्क विवरण गर्दै आइरहेको छ । यसबाहेक काफ्लेपाटीमा रहेको प्रहरी चेकपोष्टबाट समेत दर्शनार्थीको संख्या टिपोट हुने गरेको छ ।

Similar Posts