आठराई त्रिबेणीले वडालाई दिने बजेट सिलिङ बढायो

उज्यालो पोष्ट
ताप्लेजुङ,असार ४ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले साविक भन्दा वढाएर पालिकाका प्रत्येक वडालाई बजेट सिलिङ दिएको छ ।

पालिका अध्यक्ष दीपेन्द्र पोमू (दीपेन) का अनुसार पालिकाको वडा नं २ फुलवारी र वडा नं ३ हाङपाङलाई समान ४०– ४० लाख रुपैयाँको बजेट सिलिङ प्रदान गर्ने निर्णय कार्यपालिकाले गरेको छ । वडा नं १ निघुरादिन,वडा नं ४ चाँगे र वडा नं ५ चाँगेले समान ३०–३० लाख रुपैयाँको बजेट सिलिङ पाएको पालिकाले जनाएको छ ।

चालु आवका लागि अघिल्लो आवको नीति,कार्यक्रम र बजेटमार्फत हाङपाङ र फुलवारीले समान ३२– ३२ लाख रुपैयाँको सिलिङ पाएका थिए । वडा नं १ निघुरादिनले २५ लाख तथा वडा नं ४ चाँगे र वडा नं ५ चाँगेले समान २४– २४ लाख रुपैयाँको बजेट सिलिङ पाएका थिए ।

आठराई त्रिवेणीले असार १० गते आगामी आर्थिक वर्षको नीति,कार्यक्रम र बजेट ल्याउने निर्णय गरिसकेको पालिका अध्यक्ष पोमूले जानकारी दिनुभयो ।

 

Similar Posts