साँवा थलङमा व्याटमिन्टन प्रतियोगिता हुने
उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १८ । विजयादशमाी २०८३ तथा मिक्वाखोला गाउँपालिकाको सामुदायिक भवन उद्घाटनको अवसरमा ताप्लेजुङको मिक्वाखोखा गाउँपालिकाको साँवा थलङमा तीनबिधामा व्याटमिन्टन प्रतियोगिता हुने भएको छ ।
मिक्वाखोला गाउँपालिकाको आयोजनामा असोज २३ गते देखि मिक्वाखोला गाउँपालिकाको सामुदायिक भवन थलङमा जिल्ला स्तरीय खुल्ला ‘बी’ डिभिजन मेन्स डबल,अन्तरपालिका स्तरीय कर्मचारी मेन्स डबल र मिक्वाखोला गाउँपालिका स्तरीय ‘सी’ डिभिजन मेन्स डबल बिधा गरी तीन बिधामा व्याटमिन्टन प्रतियोगिता हुन लागेको मिक्वाखोला गाउँपालिकाले जनाएको छ ।
जिल्ला स्तरीय खुल्ला ‘बी’ डिभिजन मेन्स डबल प्रतियोगिताका बिजेताले ३० हजार र उपबिजेताले २० हजार,अन्तरपालिका स्तरीय कर्मचारी मेन्स डबलतर्फका बिजेताले २५ हजार र उपबिजेताले १५ हजार तथा मिक्वाखोला गाउँपालिका स्तरीय ‘सी’ डिभिजन मेन्स डबल प्रतियोगिताका बिजेताले १५ हजार र उपबिजेताले १० हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने भएका छन् ।