ताप्लेजुङका ५ जना एमालेको कोशी प्रदेश कमिटीमा मनोनित

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ ३० । नेकपा एमाले कोशी प्रदेश कमिटीले ताप्लेजुङका ५ जना नेताहरुलाई प्रदेश कमिटी सदस्यमा मनोनित गरी विभागीय जिम्मेवारी दिएको छ ।

अनेरास्ववियु ताप्लेजुङ जिल्ला कमिटीका अध्यक्ष विवेक बानियाँका अनुसार गोपाल थोप्रा,छिरिङ लामा,छत्रपति प्याकुरेल,सन्तोष प्रसाइँ र हरि थलङलाई विभागीय जिम्मेवारी दिएको हो । थोप्रालाई प्रदेशसभा निर्वाचन क्षेत्र(ख)को इञ्चार्जको जिम्मेवारी दिईएको छ भने लामाले एमाले मिक्वाखोला गाउँपालिका कमिटीको इञ्चार्जको जिम्मेवारी पाउनु भएको छ ।

प्याकुरेललाई आठराई त्रिबेणीको इञ्चार्ज बनाईएको छ भने प्रसाँइलाई फक्ताङलुङ गाउँपालिका कमिटीको इञ्चार्ज बनाईएको छ । थलङलाई पार्टी जागरण अभियानको मिक्वाखोला गाउँपालिकाको जिम्मेवारी प्रदान भएको बानियाँले जानकारी दिनु भएको छ ।

एमाले कोशी प्रदेश कमिटीले अन्तर पार्टी निर्देशिका अपानी जारी गर्दै यसअघि कोशी प्रदेश कमिटी सदस्य रहनु भएका केशरकुमार सुब्बा र सन्तोष खतिवडालाई प्रदेश कमिटीको सचिवालय सदस्य बनाएको छ ।

यसअघि कोशी प्रदेश कमिटी सचिवालय सदस्यमा अनन्त साँवा रहनु थियो । प्रदेश कमिटीका अरु सदस्यलाई यथावत् राखी पालिकाको इञ्चार्जको जिम्मेवारी भने फेरबदल गरिएको छ ।

 

 

Similar Posts