आफ्नै घरको भर्याङबाट लड्दा घाइतेको मृत्यु
उज्यालो पोष्ट
ताप्लेजुङ, चैत २६ । आफ्नै घरको भर्याङ चढ्ने क्रममा लडेर घाइते ताप्लेजुङको फुङलिङ नगरपालिका एक व्यक्तिको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक आशिष पोखरेलका अनुसार मृत्यु हुनेमा फुङलिङ नगरपालिका वडा नं २ तीनबरे निवासी ४७ वर्षिय मदन गुरुङ रहनु भएको छ ।
लड्दा टाउकोमा गम्भिर चोट लागेका उहाँलाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याइएकोमा चिकित्सकले बिहीबार बिहान २ः०० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।