एसईई २०८२ मा आठराई त्रिबेणीको उर्तीण प्रतिशत बढी

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ३१ । माध्यमिक शिक्षा परीक्षा(एसईई)मा ताप्लेजुङका ९ स्थानीय तहमध्ये प्रतिशतका आधारमा सबैभन्दा बढी आठराई त्रिबेणीका तथा सबैभन्दा कम फक्ताङलुङ गाउँपालिका बिद्यार्थी उर्तीण भएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाईको तथ्याङ्क अनुसार आठराई त्रिबेणीका ७४.१७ प्रतिशत बिद्यार्थी उर्तीण भएका छन् । आठराई त्रिबेणीबाट १ सय २० बिद्यार्थीले परीक्षा लेखेकामा ८९ जना उर्तीण भएको पालिका अध्यक्ष दीपेन्द्र पोमूले जानकारी दिनुभयो । फक्ताङलुङ गाउँपालिकाका २५.६९ प्रतिशत उर्तीण भएका छन् । उक्त पालिकाबाट १ सय ९ जनाले परीक्षा लेखेकामा २८ जना मात्र उर्तीण भएका हुन् । मैवाखोला गाउँपालिकाको नतिजा आठराई त्रिबेणी भन्दा केहि मात्र देखिएको छ । ४५ जना बिद्यार्थी परीक्षामा सामेल भएकोमा ३३ जना उर्तीण भएको र उर्तीण प्रतिशत ७३.३३ रहेको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो । मेरिङदन गाउँपालिकामा एसईईको उर्तीण प्रतिशत ६०.७४ रहेको छ । मेरिङदेन गाउँपालिकाबाट १ सय ३५ जना बिद्यार्थीले परीक्षा लेखेकामा ८२ जना उर्तीण भएका छन् ।

फुङलिङ नगरपालिकाको उर्तीण प्रतिशत ५८.८७ रहेको छ । फुङलिङ नगरपालिकाबाट ४ सय ६२ जनाले परीक्षा लेखेकोमा २ सय ७२ जना उर्तीण भएका छन् । पाथीभरा याङवरक गाउँपालिकाको उर्तीण प्रतिशत ४४.९३ देखिएको छ । पाथीभरा याङवरकबाट १ सय ३८ जनाले परीक्षा लेखेका थिए । तिमध्ये ६२ जना उर्तीण भएका छन् । सिरिजङ्गा गाउँपालिकाको उर्तीण प्रतिशत ३७.७४ रहेको छ । सिरिजङ्गाबाट २ सय १२ जनाले परीक्षा लेखेकामा ८० जना उर्तीण भएका छन् । मिक्वाखोलाबाट ७० जनाले परीक्षा लेखेकामा २५ जना उर्तीण हुँदा मिक्वाखोलाको उर्तीण प्रतिशत ३५.७१ देखिएको छ । फक्ताङलुङ पछि कम बिद्यार्थी सिदिङ्वा गाउँपालिकामा उर्तीण भएका छन् । १ सय १७ जनाले परीक्षा लेखेकामा सिदिङ्वाका ३५ परीक्षार्थी मात्र उर्तीण भएका छन् ।

Similar Posts