फाकुम्बाको आगलागीमा १६ लाखको क्षति
उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ३१ । ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ६ फाकुम्बा हाम्फावुङमा एक घरमा आगलागी हुँदा अन्दाजी १६ लाख मूल्य बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार फाकुम्बा हाम्फावुङका रामकुमार लिम्बूको घर आगलागीले पूर्ण रुपले ध्वस्त भएको छ । काठ,ढुङगा,माटो र टिनले छाएको तीनतले उक्त घरको माथिल्लो कोठामा ६ बर्षिय बालिकाका लाइटर खेलाउने क्रममा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागी बिहीबार बिहान ८ बजेको समयमा भएको प्रहरीले जनाएको छ । आगलागीमा मानवीय तथा पशु चौपायामा भने क्षति नभएको समेत प्रहरीले जनाएको छ ।