एपिएफ कञ्चनजंघा गुल्मले मनायो १६ औं स्थापना दिवस

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख १० । बिभिन्न सहयोगी संस्था तथा व्यत्तित्वलाई सम्मान,साँस्कृतिक कार्यक्रम तथा शुभकामना आदान–प्रदान सहित सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाको १६ औं स्थापना दिवस बिहीबार मनाईएको छ ।

गुल्म परिसरमा आयोजित कार्यक्रममार्फत उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई सम्मान समेत गरिएको सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघा गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोदप्रकाश पाठकले जानकारी दिनुभयो । गुल्मले सशस्त्र प्रहरी वल नेपालको २५ औं स्थापना दिवसको अवसरमा आयोजित खुल्ला श्रव्यदृश्य वक्तृत्वकला प्रतियोगिताका बिजेता सिरिजङ्गा गाउँपालिका वडा नं १ सिनामस्थित सिनाम माविकी छात्रा बेशिका अधिकारीलाई समेत सम्मान गरेको छ ।

स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी वल नेपाल पूर्वी पृतना हेडक्वाटर पकली सुनसरीका सशस्त्र प्रहरी नायव महानिरीक्षक मनिष थापा,फुङलिङ नगरप्रमुख अमिर मादेन,पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा,मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगाम,आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन),मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की,फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा,प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँ सहितका जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु,बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु,नागरिक समाजका अगुवा तथा सञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

Similar Posts