कक्षा ८ को परीक्षाका लागि सिरिजङ्गामा ११ केन्द्र,केन्द्राध्यक्ष फरक बिद्यालयका

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत ५ । कक्षा ८ को पालिका स्तरीय परीक्षाका लागि ११ वटा केन्द्र निर्धारण गरेको ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले केन्द्राध्यक्ष समेत अन्तर बिद्यालयमा कार्यरत शिक्षकलाई तोकेको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरहादुर आङदेम्बेका अनुसार केन्द्र तोकिएका बिद्यालयका शिक्षकलाई उक्त केन्द्रमा नराखी अर्कै केन्द्रमा खटाईएको छ । पालिकाले चैत ६ गते शुक्रवार कक्षा ८ को परीक्षाका लागि केन्द्राध्यक्षको जिम्मेवारी पाएकालाई परीक्षा सञ्चालन सम्वन्धी अभिुखीकरण समेत सञ्चालन गर्ने छ । प्रमुख प्रशासकीय अधिकृत आङदेम्बेका अनुसार आम्बेगुदिन माविका शिक्षक तेजप्रसाद भट्टराईलाई सिनाम मावि केन्द्र र सिनाम माविका शिक्षक पासाङ शेर्पालाई आम्बेगुदिन मावि परीक्षा केन्द्र खटाईएको छ ।

आम्बेगुदिन माविका शिक्षक बिनोदा थेबेलाई भगवती आधारभूत बिद्यालय आम्बेगुदिन,भगवती आधारभूत बिद्यालयका शिक्षक भगिराज कुँवरलाई दुर्गा मावि सिकैचा,दुर्गा माविका सुवर्ण राईलाई सरस्वती मावि सिकैचा,सिनाम माविका पुष्प भण्डारीलाई तेल्लोक मावि,तेल्लोकको केन्द्राध्यक्षमा खटाईएको छ । तेल्लोक माविका चन्द्रकला पालुङ्वालाई याङपाङ आधारभूत बिद्यालय पेदाङ,तेल्लोक माविका हरिबहादुर तामाङलाई राष्ट्रिय मावि पेदाङ,सरस्वती मावि सिकैचाका नेत्रप्रसाद बोखिमलाई लक्ष्मी मावि मामाङ्खे,तेल्लोक माविका प्रकाशकिरण दाहाललाई गणेश मावि खेवाङ र गणेश मावि खेवाङका नन्दराम दाहाललाई कञ्चनजंघा मावि याम्फुदिनको केन्द्राध्यक्ष तोकी कक्षा ८ को परीक्षा सञ्चालन गर्ने जिम्मेवारी दिएको पालिकाले जनाएको छ ।

Similar Posts