सिरिजङ्गामा चैत १५ र १६ गते निःशुल्क दन्त शिविर

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत ५ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले जेष्ठ नागरिक निःशुल्क दन्त उपहार शिविर सञ्चालन गर्ने भएको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरहादुर आङदेम्बेका अनुसार चैत १५ र १६ गते पालिकाको केन्द्र तेल्लोकस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उक्त शिविर सञ्चालन हुने छ । पालिकाको आयोजना तथा पूर्वाञ्चल डेन्टल हस्पिटल प्रालि इटहरीको प्राविधिक साझेदारीमा उक्त शिविर सञ्चालन हुने पालिकाका स्वास्थ्य शाखाका संयोजक सञ्जिव सिंहले बताउनुभयो ।

शिविरमा सबै उमेर समूहका नागरिकको दन्त परीक्षण तथा दाँत निकाल्ने सेवा प्रदान हुने छ । यस्तै ६० बर्ष उमेर समूहका नागरिकको आशिंक तथा २० वटा भन्दा बढी दाँत खुस्किएका नागरिकहरुलाई दाँतको सेट लगाउने सेवा प्रदान हुने भएको छ ।

दन्त शिविर सेवा सिरिजङ्गा भित्रका नागरिकले पाउने प्रष्ट्याउँदै पालिकाले शिविर सेवा लिन जान सेवाग्राहीलाई आफ्नो नागरिकता वा मतदाता परिचय पत्र वा पालिकाको स्थायी नागरिक भएको प्रमाण लिएर जान अनुरोध गरेको छ ।

Similar Posts