|

विश्वभर कोरोनाबाट ६५५ नेपालीको मृत्यु

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,असोज ५ । कोरोना भाइरसको महामारीबाट विश्वभर ६ सय ५५ जना नेपालीको मृत्यु भएको छ । आइतबारसम्म कोरोना सक्रमणका कारण नेपालसहित विश्वभर जम्मा ६ सय ५५ जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको थियो। शनिबारसम्म विदेशमा २ सय ४४ जना नेपालीको र आइतबारसम्म नेपालमा ४ सय ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनु भएको हो । कोभिड १९ संक्रमणदेशमा थप एकजना नेपालीको निधन भएको यो साता पुष्टि भएको छ । यो साता अमेरिकामा थप एक जनाको मृत्यु भएको गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ । त्यस्तै नेपालमा शनिबारदेखि आइतबारसम्म ७५ जनाको मृत्यु भएको छ । शनिबार साँझसम्म विदेशका विभिन्न १७ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय ४४ पुगेको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाले बताउनुभयो । स्वास्थ्य समितिका अनुसार यो साता युके, स्पेन र भारतलगायतका देशमा कोरोना संक्रमण दर सामान्य रुपमा वृद्धि भएको छ भने ब्राजिल र युगाण्डामा पनि नयाँ संक्रमण देखा परेको छ। समितिका अनुसार हालसम्म विश्वका ४२ देशमा रहेका नेपालीहरू कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसका कारण हालसम्म अमेरिका, बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत १७ देशमा रहेका नेपालीहरुले ज्यान गुमाएका छन् । त्यस्तै नेपालमा मात्र ६४ हजार १ सय २२ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ती मध्ये ४६ हजार २ सय ३३ जना कोरोनामुक्त भएका छन् । यो कुल संक्रमितको ७२ प्रतिशत हो । हालसम्म नेपालमा ४ सय ११ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । कोरोना संक्रमणका कारण नेपालसहित विश्वभर जम्मा ६ सय ५५ जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ । त्यस्तै विश्वभर १ लाख २ हजार एक सय ५६ जना नेपालीमा संक्रमण देखिएको छ भने तीमध्ये ८० हजार ७ सय ४८ जना कोरोनामुक्त भएका छन् । नेपालसहित कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या औसत ७९ प्रतिशत रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts