एमाले महाधिबेशन: १२ जना प्रतिनिधि छानिनुपर्ने ताप्लेजुङमा ३९ जनाको उम्मेदवारी दर्ता

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ६ । नेकपा एमालेको ११ औं महाधिबेशनका लागि १२ जना प्रतिनिधि चयन हुनुपर्ने ताप्लेजुङमा ३९ जनाको उम्मेदवारी परेको छ ।

शनिवार अपरान्हसम्म मनोनयन दर्ताको समय थियो । ११ औं महाधिबेशन प्रतिनिधि छनौट जिल्ला स्तरीय निर्वाचन समितिका संयोजक राजकुमार चुडाँलका अनुसार खुल्लातर्फ ६ जना प्रतिनिधि छनौट हुनुपर्ने ठाउँमा २२ जनाको उम्मेदवारी परेको छ । ४ जना महिला प्रतिनिधिका लागि ८ जनाको उम्मेदवारी परेको छ भने १ दलित प्रतिनिधिका लागि ३ जनाको उम्मेदवारी परेको छ । १ युवा(४० बर्ष मुनि उमेर समूह)का लागि ६ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

६ खुल्ला प्रतिनिधिका लागि दीपेन्द्र पोमू,घनेन्द्र मादेन,आसलाल लिम्बू,अनन्तबहादुर साँवा,मंगलसिंह केदेम,प्रकाश राई(कैलास),छत्रपति प्याकुरेल,कृष्णप्रसाद थापा,कमल फेम्सोहाङ लिम्बू,मणिशंकर पोमू,भद्रकुमार बोखिम,बलबहादुर साम्सोहाङ र मातृकाप्रसाद भट्टराईको उम्मेदवारी परेको छ । खुल्लातर्फनै ज्ञानेन्द्र लावती,सन्तोष प्रसाँई,राधाकृष्ण पौडेल,भूमिप्रसाद तामाङ,प्रदीपकुमार लिम्बू मावो,सन्तोष चाम्लिङ,हिमालय चाम्लिङ,गोपाल थोप्रा र दिवस लिवाङको उम्मेदवारी परेको छ ।

४ महिला प्रतिनिधिका लागि टीका सुबेदी भट्टराई,प्रमिला खनाल घिमिरे,शान्ताकुमारी आङवुहाङ,शर्मिला लिम्बू,कोपिला नेपाली,रनमाया गुरुङ,चन्द्रा भट्टराई र मिनाकुमारी केदेमको उम्मेदवारी परेको छ । निर्वाचन समिति सदस्य भीष्मराज बरालका अनुसार दलिततर्फको एक प्रतिनिधिका लागि राजु नेपाली,बुद्धिमान परियार र नरबहादुर सुनामको उम्मेदवारी परेको छ ।

१ युवा प्रतिनिधिका लागि लेखनाथ भट्टराई,गोपाल न्यौपाने,सरोज एभेङ,तेजवीर सुब्बा मेन्याङ्वो,मनोज चोङवाङ लिम्बू र अशोक थेबेको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । उम्मेदवारी दर्ता पछि सहमतिका लागि अधिकतम् प्रयास गरिने नेताहरुले बताएका छन् ।

 

Similar Posts