फक्ताङलुङमा आज शोक बिदा

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २४ । जेन जी को प्रर्दशनको क्रममा दर्जनौंको ज्यान जाने तथा सयौं घाइते तथा अंगभंग हुनेगरी भएको घटनाको बिरोध तथा मृतकको चीर शान्तिका लागि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले मंगलवार शोक बिदा दिएको छ ।

पालिका अध्यक्ष स्तरीय निर्णयले शोक बिदा दिईएको पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)द्धारा विज्ञप्तिमा उल्लेख गरिएको छ । पालिका अध्यक्ष लिम्बूका अनुसार मंगलवार(आज)पालिका तथा मातहतका सम्पूर्ण कार्यालय,संघसंस्था,बैक तथा वित्तीय संस्था र शैक्षिक संस्था समेत बन्द हुनेछन् ।

Similar Posts