| |

सम्पादक अधिकारी नेत्रज्योतिको केन्द्रीय सूचना तथा सञ्चार उपसमितिको सदस्यमा मनोनित

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ २१ । नेपाल नेत्रज्योति संघ केन्द्रीय समितिले उज्यालो पोष्ट दैनिकका सम्पादक एवम् पत्रकार महासंघ ताप्लेजुङका पूर्वअध्यक्ष खगेन्द्र अधिकारीलाई केन्द्रीय सूचना तथा सञ्चार उपसमितिको सदस्यमा मनोनित गरेको छ । संघका केन्द्रीय प्रवक्ता द्रोणप्रसाद गुरागाईंको संयोजकत्वमा गठित ९ सदस्यीय समितिमा अधिकारी सदस्यमा मनोनित हुनुभएको हो ।
नेपाल नेत्रज्याोति संघ ताप्लेजुङका उपसभापतिसमेत रहनुभएका अधिकारीलाई केन्द्रीय सूचना तथा सञ्चार उपसमितिको सदस्यमा मनोनित गरिएको लिखित पत्र प्राप्त भएको डिचेन डोङगला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङले जानकारी दिनुभयो । डिचेन डोङगला नेपाल नेत्रज्योति संघ ताप्लेजुङले फुङलिङमा सञ्चालन गरेको आँखा उपचार केन्द्र हो ।
नेपाल नेत्रज्योति संघको केन्द्रीय सूचना तथा सञ्चार उपसमिति सदस्यहरुमा धादिङका डाक्टर मुरारी अधिकारी, दाङका लीला शाह, नवलपुरका बिष्णु लम्साल, पर्साका राजन श्रीवास्तव, पाल्पाका राजेन्द्र लिगल र नेपाल नेत्रज्योति संघका आइटी स्पेसलिष्ट शैलेन्द्रमान सिंह रहनुभएको छ । समितिको सदस्य सचिवको जिम्मेवारी नेत्रज्योति संघ केन्द्रीय समितिका सञ्चार व्यवस्थापक कृष्ण भट्टराईलाई दिइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts