पाथीभरा केवलकार बिबाद :आन्दोलनरत पक्षलाई सरकारले बार्तामा बोलायो

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत १ । पाथीभरा केवलकार बिबादका सरकारले पुनःआन्दोलनरत पक्षलाई बार्ताका लागि आवह्वान गरेको छ ।
गृह मन्त्रालय अन्र्तगत रहेको बार्ता टोलीको सचिवालयले मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ अन्र्तदलिय संघर्ष समितिलाई सम्बोधन गरी बार्ताका लागि आवह्वान गरेको हा । बार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईद्धारा हस्ताक्षरित पत्रमा समस्याको शान्तिपूर्ण समाधान गर्ने बिषयमा बार्ताका लागि आन्दोलनरत पक्षकातर्फबाट ताप्लेजुङ जिल्लाका स्थानीय प्रतिनिधिहरुलाई आवह्वान गरिएको छ ।
गृह मन्त्रालयले आन्दोलनरत पक्षबाट उठाईएका सामाजिक,धार्मिक एवम् साँस्कृतिक तथा स्थानीय समुदायका स्थानीय मागहरुका सन्दर्भमा स्थानीय सरोकारवालासंग बार्ता र सम्बादमार्फत समस्याको शान्तिपूर्ण समाधानका लागि आवह्वान गरेको छ । सरकार र आन्दोलनरत पक्षबिच गत माघ २२ गते पहिलोपटक बार्ता भएको थियो । मन्त्रालयले आन्दोलनरत पक्षको बार्ता सहजीकरण समिति र सरकारबिच माघ २२ गते देखि निरन्तर रुपमा बार्ता र सम्बाद भइरहेको समेत बताएको छ ।