सरकारद्धारा थिवा–ओलाङचुङगोला सडक खण्ड स्तरोन्नतीका लागि १ अर्ब ६ करोडको बजेट सुनिश्चित

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ ४ । सरकारले ताप्लेजुङको तमोर करिडोर अन्तरगत फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङखिमको थिवा–ओलाङचुङगोला सडक खण्ड स्तरोन्नतीका लागि १ अर्ब ६ करोडको बजेट सुनिश्चित गरेको छ ।

अर्थ मन्त्रालयले मूलघाट–दोभान–ओलाङचुङगोला सडक योजना कार्यालय ताप्लेजुङमार्फत कार्यान्वयन हुनेगरी उक्त बजेटको स्रोत सहमति गरेको हो । यो सडक खण्डमा चालू बर्षका लागि ५७ करोड ६० लाख रकम हुने छ ।

उक्त बजेट तमोर करिडोर थिवा(चेनेज १५१+५००)देखि ओलाङचुङगोला(चेनेज २९९४+०००)सडक खण्ड स्तरोन्नतीका लागि खर्च हुने बताईएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts