मेरिङदेन गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु,प्रतियोगिता शनिवार सकिने

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ ४ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारबाट सुरु भएको छ ।
मेरिङदेन गाउँपालिका वडा नं ४ लिङतेपस्थित लक्ष्मी माविको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको कार्यक्रमका प्रमुख अतिथि तथा कोशी प्रदेश सरकारका पूर्व उद्योग,श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङगामले उद्घाटन गर्नु भएको छ ।
प्रतियोगिताको उद्घाटन सत्रमा मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर) हाङगाम र पालिका उपाध्यक्ष दुर्गाप्रसाद श्रेङचोङवाङको बिशिष्टि आतिथ्यता,मेरिङदेन गाउँपालिका वडा नं १ थिङलावुका वडाध्यक्ष सविनकुमार चोङवाङ तथा वडा नं ६ नाल्बुका वडाध्यक्ष मनोजकुमार तुम्बाहाम्फेको आतिथ्यता रहेको थियो ।
वडा नं ४ लिङतेपका वडाध्यक्ष बेदप्रसाद हाङगामको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो । प्रतियोगिता शनिवार सकिने मेरिङदेन गाउँपालिकाले जनाएको छ ।