बैदेशिक रोजगारीमा रहनु भएका ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३ का वडाध्यक्ष बोखिमद्धारा राजीनामा

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १५ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३ का वडाध्यक्ष दिलप्रसाद बोखिमले राजीनामा दिनु भएको छ । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङलाई बोधार्थ दिएर बोखिमले राजीनामा दिनु भएको हो ।

विगत ११ मनिा देखि कार्यवाहकको जिम्मेवारी दिएर बैदेशिक रोजगारीका क्रममा हङकङमा रहनु भएका उहाँले शारीरिक अस्वस्थता र घरायसी व्यवहारका कारणले तत्काल घर फर्कने अवस्था नरहेको भन्दै यही असोज १८ गतेदेखि लागु हुनेगरी राजीनामा दिनु भएको हो । उहाँले घरायसी र व्यवहारिक कारणले पूरा अवधि जनताको सेवा गर्न नपाएकोमा दुःख व्यक्त समेत गर्नु भएको छ ।

२०८० साल कात्तिक २४ गते देखि वडा कार्यालयमा अनुपस्थित रहनु भएका बोखिमको खोजीका लागि स्थानीय ७ जनाले गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानलाई ज्ञापत्र पत्र समेत बुझाउनु भएको थियो । बोखिमको अनुपस्थितिमा वडा सदस्य अम्बि साउदेनले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी निर्वाह गरिरहनु भएको छ । स्थानीयले जनताद्धारा निर्वाचित जनप्रतिनिधि बोखिमलाई जनताका बीचमा आउन वा राजीनामा गरेर मार्ग प्रसस्त गर्न सुझाउनु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts