ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंमा नयाँ नेतृत्व,अध्यक्षमा तामाङ चयन

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १७ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंको ५ औं अधिबेशनले बलबहादुर तामाङ अध्यक्ष रहेको नयाँ कार्य समिति चयन गरेको छ ।

सरोकार केन्द्र ताप्लेजुङबाट पेशा व्यवसायको सिलसिलामा उपत्यका गई बसोबास गर्नेहरुको संस्था हो । १९ औं स्थापना दिवसको अवसर पारेर भएको ५ औं अधिबेशनमार्फत केन्द्रको उपाध्यक्षहमा क्रमशःनन्दु वनेम,महेश गुरागाँई,सन्तोष मादेन,पदमजंग आङवुहाङ,मिङ्माडण्डु लामा,ज्ञानु इजम र अशोक राई तथा महासचिवमा अशोक प्यासी राई चयन हुनुभएको पूर्व अध्यक्ष चित्रगुप्त साँवाले जानकारी दिनुभयो । यस्तै उपमहासचिवहरुमा मोहन योञ्जन,प्रेम गुरागाँई,महेन्द्र पालुङवा,जीवनकुमार राई,भक्ति भट्टराई,चुडामणी गिरी,जीवनकुमार बस्नेत र हरिशचन्द्र भट्टराई चयन हुनु भएको छ ।

सचिवहरुमा लोकमणि मेन्याङवो,प्रेमहाङ वनेम,निरोज लिवाङ,रुपा आङवुहाङ,धनजीत साँवा,सन्तोष बराल, दावाछिरिङ शेर्पा,दावाशम्भु शेर्पा,रमेश न्यौपाने,निर्मला इजम र देवीप्रसाद गिरी चयन हुनु भएको छ । केन्द्रको कोषाध्यक्षमा लोजोक लामा र सहकोषाध्यक्षमा प्रकाशमणि गौतम चयन हुनुभएको छ । अध्यक्ष तामाङ वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष समेत हुनुहुन्छ । उहाँ यसअघि केन्द्रको उपाध्यक्ष रहनु भएको थियो । सरोकार केन्द्रमा यसअघि पूर्वराज्यमन्त्री डाक्टर भरत प्रधान,बालकृष्ण श्रेष्ठ,साँवा र टंक श्रेष्ठले नेतृत्व सम्हाली सक्नु भएको छ ।

ताप्लेजुङका मुख्य समस्याहरुको पहिचान गरी त्यसको समाधानका लागि पैरवी गर्ने,ताप्लेजुङका नागरिकको सहयोगका लागि उपत्यकामार्फत समन्वय र साझेदारी गर्ने,उपत्यकामा रहेका ताप्लेजुङका नागरिकहरुको समस्या समाधानमा समन्वय गर्ने र ताप्लेजुङको विकासका एजेण्डामा समन्वय र पैरवी गर्ने उद्देश्यका साथ २०६२ सालमा सरोकार केन्द्र स्थापना भएको हो ।

ताप्लेजुङ सरोकार केन्द्रले रहेक बर्षको फागुन महिनामा आयोजना गर्ने ‘सद्भाव वनभोज’ मा देशकै धेरै संख्यामा मानिस उपस्थित हुने दावी गरिदैं आएको छ । सुरुमा ताप्लेजुङ सरोकार केन्द्र मात्र रहेकोमा ६ बर्ष अघि सरोकार केन्द्र विभाजित भई ताप्लेजुङ समाज नेपाल समेत स्थापित भएको छ । दुबै संस्था अहिले सक्रिय छन् । दुबै संस्थाको उद्देश्य अधिकाँस मिल्ने रहेकोले केन्द्र र समाजबिच एकीकरणको प्रयास भएपनि सार्थक नतिजा भने आएको छैन ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts