उद्यमी सम्मान गर्दै ताप्लेजुङमा ११ औं उद्योग दिवस मनाइने

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर ८ । उत्कृष्ट उद्योगी सम्मान तथा शुभकामना आदान–प्रदान गरेर घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले मंगलवार ११ औं उद्योग दिवस मनाउने भएको छ ।

उद्योग अधिकृत लक्ष्मी सुहाङका अनुसार मंगलवार बिहान ११ बजे घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङको सभाहलमा उद्योग दिवस कार्यक्रम हुने छ । यसअघि गत १ गते घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले उत्कृष्ट उद्यमी सम्मानका लागि आबेदन पेश गर्न सूचना आवह्वान गरेको थियो ।

सोहि सूचनाका आधारमा आबेदन दिएका घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भई सञ्चालनमा रहेका तथा विगतका बर्षहरुमा घरेलु कार्यालयबाट उत्कृष्ट उद्यमी सम्मान प्राप्त नगरेका तीनजनालाई मंगलवार उत्कृष्ट उद्यमी सम्मान प्रदान गरिने समेत उद्योग अधिकृत सुहाङले जानकारी दिनुभयो ।

मुलुकमा औद्योगिक प्रबद्र्धनका लागि लगानीको सकारात्मक वातावरण निर्माण तथा जनचेतना अभिवृद्धि गर्न हरेक वर्ष मंसिर ९ गते उद्योग दिवस मनाउने गरिएको छ ।

Similar Posts