|

ताप्लेजुङ ब्याडमिन्टन संघ अध्यक्षमा सिंघक चयन

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन १३ । जिल्ला ब्याडमिन्टन संघ ताप्लेजुङ अध्यक्षमा सुरेश सिंघक चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा सम्पन्न ब्याडमिन्टन संघको वार्षिक साधारण सभा तथा पाँचौं जिल्ला अधिवेशनले सिंघक अध्यक्ष नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको प्रथम उपाध्यक्षमा बसन्तकुमार गुरुङ, उपाध्यक्षमा प्रेमराज लिम्बू, सचिव रामकुमार गुरुङ र कोषाध्यक्ष गंगाराम गुरुङ चयन हुनुभएको छ । शनिबार सम्पन्न साधारणसभाले नयाँ कार्यसमिति चयन गरेसँगै सोही दिन बसेको नवगठित कार्यसमितिको पहिलो बैठकले सुरोज मादेन र सागर गुरुङलाई उपाध्यक्षमा मनोनित गरेको छ ।
मनोनित दुईजना उपाध्यक्षसहित ब्याडमिन्टन संघको १३ सदस्यीय जिल्ला कार्यसमिति बनेको छ । कार्यसमिति सदस्यहरुमा सूर्यमान ओख्राबु, नरेन्द्रकुमार इधिङ्गो, किशोर आङ्बुहाङ, हर्कमति लिम्बू, सरोजकुमार लिम्बू र नन्दकुमार बानियाँ रहनुभएको छ । फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनको प्रमुख आतिथ्यतामा साधारणसभा तथा जिल्ला अधिवेशन सम्पन्न गरिएको हो ।
नवगठित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिका संयोजक एवम् कानुन व्यवसायी धनबहादुर थापाले पद तथा गोपनियताको सपथग्रहण गराउनुभएको थियो । यता व्याडमिन्टन संघको जिल्ला नेतृत्वमा चयन भएसँगै अध्यक्ष सिंघकले तीन कोर्ट भएको सुविधा सम्पन्न ब्याडमिन्टन हल निर्माण तथा व्यवस्थाका लागि कार्यसमिति लागिपर्ने बताउनुभएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts