|

शेर्पा विद्यार्थी संघ ताप्लेजुङको नयाँ कार्यसमिति चयन

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन १३ । शेर्पा समुदायका विद्यार्थीहरुको छाता संगठन नेपाल शेर्पा विद्यार्थी संघ ताप्लेजुङको नयाँ कार्यसमिति चयन भएको छ । सदरमुकाम फुङ्लिङमा शनिबार सम्पन्न संघको तेस्रो जिल्ला अधिवेशनले मिङमा दिकी शेर्पा अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमिति उपाध्यक्षमा पासाङ शेर्पा, सचिव पासाङ ल्हामु शेर्पा, सहसचिव रमेश शेर्पा र कोषाध्यक्षमा पुष्पा शेर्पा चयन हुनुभएको छ । अधिवेशनले २३ सदस्यीय जिल्ला कार्यसमिति सर्बसम्मत चयन गरेको हो । नेपाल शेर्पा विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष छिरिङ शेर्पाको उपस्थितिमा जिल्ला अधिवेशन सम्पन्न भएको बताइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts