महेन्द्रा एण्ड महेन्द्राको सव–डिलर अब डिलरमा स्तरबृद्धि,माघ २१ बाट साताब्यापी फ्रि–सर्भिस क्याम्प

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ १९ । ताप्लेजुङमा महेन्द्रा एण्ड महेन्द्राको यसअघि रहेको सव–डिलर अब डिलरमा स्तरबृद्धि भएको छ ।

संगिता ट्रेडर्स एण्ड सप्लार्यस सञ्चालक रहेको महेन्द्रा एण्ड महेन्द्राको टुएस सर्भिस सेन्टर तथा अग्नि ग्रुपको सव–डिलर शुक्रवारबाट डिलरमा स्तरबृद्धि भएको हो । महेन्द्रा एण्ड महेन्द्राका हेड अफ प्रोजेक्ट सोमनाथ धरको उपस्थितिमा महेन्द्रा एण्ड महेन्द्राको सव–डिलरलाई डिलरमा स्तरबृद्धि गरिएको संगिता ट्रेडर्स एण्ड सप्लार्यस सञ्चालक कमल लिम्बूले जानकारी दिनुभयो ।

सव–डिलरबाट डिलरमा स्तरबृद्धि भएसंगै संगिता ट्रेडर्स एण्ड सप्लार्यसले यही माघ २१ देखि २६ गते सम्म प्रि–सर्भिस क्याम्प समेत सञ्चालन गर्ने घोषणा गरेको छ । कार्यक्रममा महेन्द्रा एण्ड महेन्द्राका हेड अफ प्रोजेक्ट धरले ताप्लेजुङका लागि यो मौका सुन्दर रहेको र यसको उच्चतम् उपयोगका लागि सेवाग्राहीलाई आग्रह गर्नु भएको छ ।

ताप्लेजुङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण थापाले सवडिलरबाट डिलरमा स्तरबृद्धि गर्न सकेकोमा संगिता ट्रेडर्स एण्ड सप्लार्यसलाई बधाई ज्ञापन गर्नु भएको छ । कार्यक्रममा अग्नि ग्रुपका शरद लामा र आनन्द देव,पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष आनन्द गौतम,जिल्ला प्याब्सन ताप्लेजुङका अध्यक्ष गणेश सिग्देल,पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारी, संगिता ट्रेडर्स एण्ड सप्लार्यसका प्रोपाईटर संगिता लिम्बू सहितको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts