करारका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँदै सिदिङ्वा,भदौ ३१ मा विवरणसहित आउनुपर्ने
उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ ३० । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले करारमा आबद्ध पालिकाका सम्पूर्ण कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने प्रकृया अघि बढाएको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमेश सिवाका अनुसार पालिकाबाट तलवभत्ता पाउने करारमा कार्यरत सम्पूर्ण कर्मचारी,शिक्षक तथा स्वास्थ्यकर्मीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने प्रकृया सुरु गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत सिवाका अनुसार सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने प्रकृयाका लागि विवरण प्रविष्टीको कार्य सुरु भएको छ ।
पालिकाले सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने प्रकृयाका लागि करारमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई भदौ ३१ गते सक्कलप्रति कागजातका साथ उपस्थित हुन परिपत्र गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत सिवाका अनुसार नागरिकता,पासपोटो,रक्त समूह पत्र,सम्पर्क तथा इमेल ठेगाना खुल्ने कागजात,पान कार्ड नम्बर,बिबाहितको हकमा श्रीमान् तथा श्रीमतिको फोटो र बिबाहदर्ता प्रमाणपत्र तथा नागरिकता,चेक र सुरुको करार नियुक्तिपत्रका साथ उपस्थित हुनुपर्ने छ ।