पाथीभरा(मुक्कुमलुङ)मा केबलकार निर्माण गर्न नहुने अडान राख्दै ताप्लेजुङमा जनप्रर्दशन

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,माघ १५ । ताप्लेजुङको पाथीभरा(मुक्कुमलुङ)मा केबलकार निर्माण गर्न नहुने अडान दोहो¥याउँदै सोमवार फुङलिङमा जनप्रर्दशन भएको छ ।

‘मुन्धुमीस्थलको माथि–माथि केबलकार कुदाउन पाँईदैंन,राष्ट्रिय फूल लालीगुराँस काट्ने नीति चाँहिदैंन,प्रकृति पूजकहरु एक होऔं’जस्ता नारा सहित जनप्रर्दशन भएको छ । मुक्कुमलुङ संयुक्त संघर्ष समिति,केवलकार निर्माण खारेजी संयुक्त संघर्ष समिति,किराँत याक्थुङ चुम्लुङ,प्रदेश नं १ पुनःनामाङ्कन संयुक्त संघर्ष समिति,किराँत धर्म तथा साहित्य उत्थान संघ,पहिचानका लागि युवा समिति,मुक्कुमलुङ फासिङ तान्सेःप् चुम्भो सहित विभिन्न संघसंस्थाहरूको संयोजनमा जनप्रर्दशन भएको हो ।

जनप्रर्दशनमा सहभागिता जनाउन राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वा, किराँत याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेन,प्रदेश नं १ पुनःनामाङ्कन संयुक्त संघर्ष समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम र लिम्बू थरगत संस्था(याक्थुङ सयङ)मूल अभियान सहजीकरण समूहका नन्द कन्दङ्वा सहितका पहिचान पक्षधर नेताहरु फुङलिङमा हुनु भएको छ ।

केबलकार निर्माण गर्न नहुने अडान राख्नेहरुले पाथीभरा(मुक्कुमलुङ)मा केवलकार निर्माणले सो क्षेत्रको पर्यावरण,पुरातात्विक र जैविक विविधता नष्ट संगै मनोरम प्राकृतिक सम्पदा विनास हुने तथा साँस्कृतिक अतिक्रमण बढ्ने तर्क गरिरहेका छन् । पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिले भने सहज वातावरण भए काम सुरु गरेको १३ महिनाभित्रमा केबलकार निर्माण सम्पन्न गर्ने बताउँदै आएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts