निवन्ध प्रतियोगितामा लिटलबुद्धकी हेना मादेन पहिलो

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असोज १८ । ६८ औं प्रहरी दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले सञ्चालन गरेको निवन्ध प्रतियोगितामा फुङलिङस्थित लिटलबुद्ध आवासीय माविकी हेना मादेन प्रथम हुनु भएको छ ।

लिटलबुद्धकै सिक्कुम इवासाम लिम्बू द्धितीय हुँदा कञ्चनजंघा बोर्डिङ स्कुलका फेसन उदास तृतीय हुनुभयो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)राजन लिम्बूका अनुसार‘ समुदायमा नेपाल प्रहरीको भूमिका’बिषयमा निवन्ध प्रतियोगिता सञ्चालन भएको थियो । कक्षा ८ देखि १० सम्म पढ्ने जिल्लाका १२ वटा बिद्यालयका ३० जना बिद्यार्थीबीच निवन्ध लेखन प्रतियोगिता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । निवन्ध प्रतियोगिताको परीक्षणका लागि परीक्षण विज्ञ समूह बनाई सोहि समूहले दिएको नतिजाका आधारमा बिजेताको नामावली सार्वजनिक गरिएको प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ । सोहि दिन कानुनी रुपमा नेपाल प्रहरीले आधिकारिकता पाएको मानिन्छ । प्रहरी संगठनको स्थापना विसं २०१२ साल असोज ३१ गते भएता पनि यसबर्षको प्रहरी दिवस असोज ३० गते मनाईदैंछ । सोहिदिन निवन्ध प्रतियोगिताका बिजेताहरुलाई पुरस्कृत गरिने छ भने अमर प्रहरी परिवारका आफन्त र उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई समेत पुरस्कृत गर्ने कार्यक्रम रहेको प्रहरीले बताएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts