| |

ताप्लेजुङका दुर्गम गाउँमा फोरजी इन्टरनेट सेवा

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज १८ । ताप्लेजुङको दुर्गम गाउँहरुमा फोरजी इन्टरनेट सेवा सञ्चालनमा आएको छ । जिल्लाकै दुर्गम फक्ताङ्लुङ गाउँपालिका र सिदिङ्वा गाउँपालिकामा फोरजी इन्टरनेट सेवा सञ्चालनमा ल्याइएको हो ।
राम्ररी मोबाइल सम्पर्कसमेत नहुने क्षेत्रमा नेपाल टेलिकम र एनसेल कम्पनीले फोरजी इन्टरनेट सेवा विस्तार गरेका हुन् । फक्ताङ्लुङ गाउँपालिका–४ इखाबु र वडा ६ लेलेपको सिमाना मुरिङ्लाडाँडामा रहेको टावरमार्फत नेपाल टेलिकमले फोरजी इन्टरनेटको प्रविधि जडान गरेपछि बिहीबार (आज) देखि सेवा सञ्चालनमा आएको हो ।
टेलिकमको फोरजी इन्टरनेट सेवा सुचारु भएसँगै फक्ताङ्लुङ गाउँपालिकाको वडा ४ इखाबु, वडा ५ तापेथोक र वडा ६ लेलेपको अधिकांस क्षेत्रमा फोरजी इन्टरनेट चल्न थालेको गाउँपालिका अध्यक्ष राजन लिम्बूका स्वकीय सचिव दिलकुमार पतङ्वाले जानकारी दिनुभयो । यस्तै सिदिङ्वा गाउँपालिका–६ मेहेलेस्थित नेकडाँडामा टावर निर्माण गरी एनसेलले फोरजी सेवा सञ्चालनमा ल्याएको छ ।
आफ्ना सेवाग्राहीलाई द्रूत इन्टरनेट सुविधा प्रवाह गर्नेगरी एनसेलले फोजजी सेवा विस्तार गरेको जनाएको छ । सिदिङ्वामा एनसेलको फोरजी इन्टरनेट सेवा यसै साताको सोमबारदेखि सञ्चालनमा आएको हो । मेहेलेसहित सिदिङ्वाका अधिकांस वडालगायत आसपासका क्षेत्रमा फोरजी इन्टरनेट चल्न थालेको स्थानीय ओमेन्सा राईले जानकारी दिनुभयो ।
यसरी यहाँका दुर्गम गाउँहरुमा फोरजी इन्टरनेट चल्न थालेपछि सुविधा भएको स्थानीय सेवाग्राहीले बताएका छन् । फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता साथै सरकारी तथा अन्य सङ्घ÷संस्थाको कार्यालयमा हुने इन्टरनेट प्रयोगका लागिसमेत फोरजी इन्टरनेटले सुविधा भएको बताइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts