| |

बजार अनुगमनसँगै व्यापारीलाई अभिमुखीकरण

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख २४ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले बजार अनुगमनसँगै व्यापारीलाई अभिमुखीकरण गराएको छ । गाउँपालिकाले शनिबार सिँवा बजारको अनुगमन गर्दै स्थानीय व्यापारीलाई अभिमुखीकरण गराएको हो ।
फक्ताङ्लुङ गाउँपालिकाकै मुख्य व्यापारिक केन्द्र लिङ्खिमको सिँवा बजारको अनुगमन गर्दै व्यवसाय दर्ता तथा नवीकरण प्रक्रिया लगायतका विषयमा गाउँपालिकाले व्यापारीलाई अभिमुखीकरण गराएको हो । पालिका उपाध्यक्ष रवीन साम्रा लिम्बूको नेतृत्वमा बजार अनुगमनसँगै अभिमुखीकरण सञ्चालन गरेको गाउँपालिकाले जानकारी दिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन तेम्बेलगायतले व्यवसाय दर्ता, आवश्यक मापदण्ड लगायतका प्रक्रियाबारे स्थानीय व्यापारी तथा व्यवसायीलाई अभिमुखीकरण गराउनुभएको थियो । ग्रामीण क्षेत्रमा रहेको बजारमा ग्राहकलाई उपभोग्य वस्तु बिक्री गर्ने र नाफा कमाउने मात्र व्यवसायीको उद्देश्य रहेको बुझिएकाले सम्बन्धित व्यापारीलाई सहभागी गराई अभिमुखीकरण सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ ।
स्थानीय व्यवसायीले पनि अभिमुखीकरणमा सहभागी हुन पाउँदा व्यापार व्यवस्थापन, प्रक्रिया, मापदण्ड र सामान खरिद बिक्रीका विषयमा थप जानकारी प्राप्त गर्ने अवसर मिलेको बताएका छन् । अभिमुखीकरणले आगामी दिनमा आफ्नो व्यापार व्यवसायलाई अझ व्यवस्थित बनाउनमा सहयोग पुग्ने अपेक्षा पनि व्यवसायीले गरेका छन् ।
यता बजार अनुगमनका क्रममा फेला परेका म्याद गुज्रेको तथा अखाद्य वस्तुहरु जफत गरिएको प्रमुख प्रशासकीय अधिकृत तेम्बेले जानकारी दिनुभयो । उहाँका अनुसार किसान तथा खाद्यान्न पसलहरुको अनुगमन गरिएको छ भने पसलमा बिक्री गर्न राखिएका म्याद गुज्रेका केही सामग्री भेटिएका थिए । त्यस्तै अधिकांस पसलहरु दर्ता, नवीकरण नगरी साथै सामान व्यवस्थापनमा मापदण्ड नपु¥याएको पाइएको गाउँपालिकाले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts