उनेपाले ५ पालिकामा तोक्यो इञ्चार्ज र सह इञ्चार्ज
उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १९ । उज्यालो नेपाल पार्टीले ताप्लेजुङका ५ वटा पालिकाहरुमा इञ्चार्ज र सह इञ्चार्ज तोकेको छ ।
जिल्ला सचिव अशोक मादेनका अनुसार फुङलिङमा मादेन आफैं इञ्चार्ज रहनु भएको छ । नगर सह इञ्चार्जहरुमा नरकुमारी नाल्वो,लोकेन्द्र तुम्बाहाम्फे,चन्द्रबहादुर पालुङ्वा र प्रकाश तबेबुङ रहनु भएको छ । फक्ताङलुङको इञ्चार्जमा मकरध्वज हेल्लोक र सह इञ्चार्जमा वीरेन तबेबुङ रहनु भएको छ ।
मैवाखोलामा एलिन घिसिङ इञ्चार्ज र बिमान नेयोङ सह इञ्चार्ज,पाथीभरा याङवरकमा बिष्णुमाया राई इञ्चार्ज र ललिता राई सह इञ्चार्ज र सिदिङ्वामा दीपेश राई इञ्चार्ज र सह इञ्चार्जद्धयमा सामना राई र निशान राई रहनु भएको जिल्ला सचिव मादेनले जानकारी दिनुभयो ।