|

फाकुम्बा साम्तोङका विपन्न परिवारलाई सोलार वितरण

-उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख १४ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिकाकै दुर्गम क्षेत्रको रुपमा रहेको साम्तोङका विपन्न परिवारलाई सोलार बत्ती वितरण गरेको छ । गाउँपालिकाले वडा ६ फाकुम्बा साम्तोङका विपन्न १० परिवारलाई सोलारबत्ती वितरण गरेको हो ।
मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार गाउँपालिकाको वैकल्पिक ऊर्जा प्रवर्ध्दन कार्यक्रमअन्तर्गत विपन्न परिवारलाई सोलार बत्ती वितरण गरिएको हो । साम्तोङका विपन्न परिवारसँगै सोही वडाको असाङ्लुङ आधारभूत विद्यालय, सूर्योदय लोकतान्त्रिक आधारभूत विद्यालय र सामुदायिक स्वास्थ्य इकाइ साम्तोङलाईसमेत सोलार बत्ती वितरण गरिएको अध्यक्ष वनेमले जानकारी दिनुभयो ।
हालसम्म राष्ट्रिय प्रसारण लाइनको विद्युत बिस्तार भइनसकेको साम्तोङ टोल छिमेकी जिल्ला संखुवासभासँग सिमाना जोडिएको लेकाली (हिमाली) गाउँ हो । त्यस्तै साम्तोङ गाउँ मैवाखोला गाउँपालिका र जिल्लाकै एक दुर्गम गाउँ पनि हो ।

Similar Posts