असोज ८ गते देखि पालिकाभरी खोरेत रोग बिरुद्ध खोप अभियान सञ्चालन गर्दै मेरिङदेन

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज २ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले असोज ८ गते पालिकामा खोरेत रोग बिरुद्धको पहिलो चरणको खोप अभियान सञ्चालन गर्ने भएको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत बिदुर अधिकारीका अनुसार असोज ८ गते देखि २० गतेसम्म पालिकाका ६ वटै वडामा खोरेत रोग बिरुद्धको पहिलो चरणको खोप अभियान सञ्चालन हुने छ । पालिकाले पालिका क्षेत्रमा पशुपालन गर्ने सम्पूर्ण पशुपालक तथा कृषकहरुलाई घरगोठमा खटिई आउने पशुपंक्षि खोपकर्ताहरुसंग समन्वय गरी आफुले पालेका पशुहरुलाई खोप दिने कार्यमा सहजीकरण गरिदिन आग्रह समेत गरेको छ ।

पालिकाका अनुसार वडा नं ६ नाल्बुमा असोज ८ देखि १० गतेसम्म,वडा नं ५ थुकिमामा असोज ११ र १२ गते,वडा नं ४ लिङतेपमा असोज १३ र १४ गते,वडा नं ३ खाम्लुङमा असोज १५ र १६ गते,वडा नं १ थिङलाबुमा असोज १७ र १८ गते तथा वडा नं २ सान्थाक्रामा असोज १९ र २० गते खोरेत रोग बिरुद्धको खोप अभियान सञ्चालन हुने छ ।

Similar Posts