| | |

प्रविधिले नागरिकको जीवनशैली सहज

-उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख १९ । ताप्लेजुङमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा एक अन्तर्क्रिया आयोजना गरिएको छ । अन्तक्र्रिया कार्यक्रममा सहभागीले प्रविधिको विकासले नागरिकको जीवनशैलीलाई सहज बनाएको उल्लेख गरेका छन् ।
सदरमुकाम फुङ्लिङस्थित होटल पाथीभराको सभाहलमा मंगलबार आयोजित ‘सूचना र प्रविधिको बढ्दो प्रयोगः सम्भावना र चुनौती’ विषयक अन्तर्क्रियामा सहभागी वक्ताले पछिल्लो समय प्रविधिको विकासले जीवनशैली सहज बनाएको बताएको छन् । जिल्लास्थित कम्प्युटर एशोसियन नेपाल महासंघ (CAN) ले आयोजना गरेको अन्तर्क्रियामा कार्यपत्र प्रस्तुत गर्नुहुँदै राजकुमार गुरुङले साँच्चिकै प्रविधिले नागरिकको जीवन व्यवहारलाई सहजा बनाएको बताउनुभयो ।
महासंघका पूर्व जिल्ला अध्यक्षसमेत रहनुभएका गुरुङले प्रविधिको सही प्रयोग र उपयोगले मानिसको दैनिकी, जीवनशैली र कार्य कौशलतासहितका कार्य गर्नलाई सजिलो भएको बताउनुभयो । कार्यपत्र प्रस्तुत गर्दै प्रविधिको दुरुपयोग भएमा वा गलत प्रयोग गरेमा भने मानव जीवन अप्ठ्यारोमा रहेको पनि उहाँले बताउनुभयो ।
फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फुङ्लिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुसराम कार्की, नेपाल टेलिकमका निमित्त प्रमुख दीपेन खबास, फुङ्लिङ नगरपालिका ४ का वडाध्यक्ष दुर्गा पालुङ्वा लगायतको उपस्थिति रहेको थियो ।
महासंघ (CAN) का जिल्ला अध्यक्ष विष्णुकुमार हाङ्बाङ लिम्बूको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा सुविसु, टेकमाइन र सेवारो नेटवर्क नामक इन्टरनेट सेवा प्रदायक संस्थाको सहयोग रहेको छ ।

Similar Posts