जेन जीबिच एकता आवह्वान गर्दै ताप्लेजुङमा प्रर्दशन
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक २१ । देशभरका जेन जीबिच एकता आवह्वान गर्दै ताप्लेजुङमा शुक्रवार मौन र्याली,चेतानमुलक नाटक र जनवादी सांगितिक कार्यक्रम प्रस्तुत गरिएको छ ।
कर्भडहलमा भेला भई नगर परिक्रममा पश्चात वीरेन्द्र चौकमा जनचेतनामुलक नाटक र जनवादी सांगितिक कार्यक्रम गरिएको हो । जेन जी युनाईटेड मुभमेन्ट आयोजक भएर गरिएको कार्यक्रममार्फत जेन जी एक नहुँदा शहीदका आत्माहरु भौंतारिने,घाइतेका ह्रृदय निको नहुने र नेपाल आमाको आँसु नरोकिने तर्क गरिएको छ ।
जेन जी बिभाजित हुँदा शहीदको सपना र घाइतेको चाहना पूरा नहुने र यसो हुँदा देशले दुर्भाग्य भोगी रहनुपर्ने अवस्थाका कारण आफुहरुले मेची देखि महाकालीसम्मका जेन जीबिच एकता आवह्वान गर्न कार्यक्रम गरेको जेन जी युनाईटेड मुभमेन्टका एक अगुवा रमेश नाल्वोले बताउनुभयो ।