नयाँ बर्षको पूर्व सन्ध्यामा ताप्लेजुङको फुङलिङस्थित नर्सरी–सुकेटार पदमार्ग सफाई

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,चैत ३० । नयाँ बर्ष २०८० को पूर्व सन्ध्यामा ताप्लेजुङको फुङलिङस्थित नर्सरी–सुकेटार पदमार्ग सफाई गरिएको छ ।

सफाई अभियानका एक अभियान्ता देवराज गुरुङले धेरैले बिहानीको हिडाँई(मर्निङ वक)का लागि प्रयोग गर्ने यो मार्ग सफाई गरिएको बताउनुभयो । सफाई अभियानमा स्फुर्त रुपले मानिसहरु सहभागी भएको उहाँले जानकारी दिनुभयो । वातावरण संरक्षण तथा विकास मञ्चका तत्कालिन अध्यक्ष चन्द्रप्रकाश(सिपी)भट्टराईको पहल र अगुवाईमा यो पदमार्ग निर्माणको सुरुआत भएको थियो । अहिले मर्निङ वकका लागि यो पदमार्ग प्रयोग गर्ने संख्या ठूलो छ ।

पदमार्ग प्रयोग गर्नेको संख्या बढ्दै गएको तर सफाईका लागि कम ध्यान गएको कुरालाई मध्यनजर गरी नयाँ बर्षको पूर्व सन्ध्यामा यो पदमार्ग सफाई गरिएको भट्टराईले बताउनुभयो । उहाँले पदमार्गमा यात्रा गर्नेहरु सबैले फोहोर व्यवस्थापनमा बिशेष ध्यान दिनुपर्ने बताउनुभयो । उपयोगी मानिएको यो पदमार्गलाई सधैं सफा राख्ने गरी सबैले फोहोर व्यवस्थापमा ध्यान दिनुपर्ने उहाँको भनाई रहेको छ । उपयुक्त ढंगको यो पदमार्गलाई सधैं सफा राख्न र फोहोर नगरिदिन सफाईका एक अभियान्ता गुरुङले आग्रह गर्नु भएको छ ।‘सबैको सहयोग र सफाईमा एकमत भएमा यो पदमार्ग सधैं सफा रहन्छ’पदमार्ग निर्माणका अगुवा भट्टराईले भन्नुभयो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts