काँग्रेसको देउवा समूहद्धारा ताप्लेजुङमा कार्यालय स्थापना

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १५ । नेपाली काँग्रेसको संस्थापन इतर समूहले बिहीबार ताप्लेजुङमा सम्पर्क कार्यालय स्थापना गरेको छ ।

कोशी प्रदेश सरकारका पूर्व मन्त्री प्रतापप्रकाश हाङगामको उपस्थितिमा बिहीबार फुङलिङ माथिल्लो रोडस्थित गुराँस चौकमा सम्पर्क कार्यालय स्थापना गरिएको जिल्ला संयोजक राज थेबेले जानकारी दिनुभयो ।

१५ औं केन्द्रीय महाधिबेशनको तयारी सहित पार्टी कार्यालयको औपचारिक कार्यक्रम अब यही सम्पर्क कार्यालयबाट संयोजक हुने थेबेले जानकारी दिनुभयो ।

Similar Posts