|

ताप्लेजुङमा उसु संघ गठन

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत ५ । ताप्लेजुङमा खेलकुद विधाअन्तर्गत उसु संघ पहिलो पटक गठन गरिएको छ । युवा खेलाडी सुधीर सावादेन अध्यक्ष रहेको जिल्ला कार्यसमिति चयन गर्दै उसु संघ गठन गरिएको हो ।
नौ सदस्यीय नयाँ जिल्ला कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा विसन लिम्बू, उपाध्यक्षमा मिङ्मादिकी शेर्पा, सचिव अजय इजम लिम्बू र कोषाध्यक्षमा दिप्ती भट्टराई चयन हुनुभएको छ । सदस्यमा विनिता थेबे, आशिष लिम्बू, बादल भट्टराई र रमेश थेबे रहनुभएको छ ।
जिल्ला खेलकुद विकास समिति उपाध्यक्ष अनिता पन्दाकको उपस्थितिमा सम्पन्न जिल्ला भेलाले उसु संघ गठन गरेको हो । पहिलो पटक उसु संघ गठनसँगै जिल्ला खेलकुद विकास समितिमा दर्ता भएको पनि समितिका कार्यालय प्रमुख यज्ञनिधि पौडेलले जानकारी दिनुभयो ।

Similar Posts