चौथो ताप्लेजुङ गोल्डकपका सर्बोत्कृष्ट खेलाडीले बजाजको मोटर साइकल पुरस्कार पाउँदै,भयो सम्झौता
खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १७ । आउँदो भदौ १२ गते देखि हुने चौथो संस्करणको ताप्लेजुङ गोल्डकपका सर्बोत्कृष्ट खेलाडीले यसबर्ष पनि मोटरसाइकल पुरस्कार पाउने भएका छन् ।
यसबर्ष सर्बोत्कृष्ट खेलाडीले बजाज कम्पनीको मोटर पुरस्कार पाउने गरी लाखेजात्रा सञ्चालन समिति र बजाज कम्पनीबिच आइतवार सम्झौता भएको छ । आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेन र बजाज कम्पनीका प्रमुख जर्नादन निरौलाबिच चौथो ताप्लेजुङ गोल्डकपका सर्बोत्कृष्ट खेलाडीले मोटर साइकल पुरस्कार पाउने गरी सम्झौता भएको छ । सम्झौता अनुसार बजाजले चौथो ताप्लेजुङ गोल्डकपका सर्बोत्कृष्ट खेलाडीले पाउने गरी एकथान मोटरसाईकल लाखेजात्रा सञ्चालन समितिलाई हस्तान्तरण गर्ने छ ।
अघिल्लो बर्षको सर्बोकृष्ट खेलाडी बन्दै सलहेश फुटबल क्लव सिराहाका छिरिङ गुरुङले यमाहाको मोटर साइकल उपहार पाउनु भएको थियो । आइतवार संघीय राजधानी काठमाडौंमा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष मणिशंकर पोमू,फुङलिङ नगरपालिका वडा नं ४ का वडाध्यक्ष दुर्गाबहादुर पालुङ्वा,लाखेजात्रा सञ्चालन समिति तथा ताप्लेजुङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नारायण थापा तथा बजाज कम्पनीका प्रतिनिधिको उपस्थितिमा सम्झौता भएको हो ।