प्रजनन् रुग्णता स्क्रिनिङ तथा शंकास्पद क्षयरोगीको खकार परीक्षण शिविर सञ्चालन गर्दै मैवाखोला

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत ८ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा शंकास्पद क्षयरोगीको खकार परीक्षण तथा प्रजनन् रुग्णता स्क्रिनिङ तथा व्यवस्थापन शिविर सञ्चालन गर्ने हुने भएको छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार मैवाखोला ५ स्थित महादेव आधारभूत बिद्यालयमा चैत १० गते र मैवाखोला ३ स्थित सरस्वती आधारभूत बिद्यालयमा चत ११ गते शंकास्पद क्षयरोगीको खकार परीक्षण शिविर सञ्चालन हुने छ । उक्त शिविरमा क्षयरोग सम्वन्धी अभिमुखीकरण समेत हुने भएको छ ।
यता स्तन क्यान्सर,आङ खस्ने समस्या तथा पाठेघरको मुखको क्यान्सर बिरुद्ध पालिकाका बिभिन्न क्षेत्रमा तीनदिने शिविर समेत हुने भएको छ । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोम्देनका अनुसार उक्त शिविर चैत १७ गते फाकुम्बा स्वास्थ्य चौकीमा,चैत १८ गते साँघु स्वास्थ्य चौकीमा र चैत १९ गते प्राथमिक स्वास्थ्य केन्द्र ढुङ्गेसाँघुमा सञ्चालन हुने भएको छ ।