सुकेटारमा सातामा तीनदिन नियमित उडानको तालिका रहेको निगमको भनाई
उज्यालो पोष्ट
ताप्लेजुङ,साउन १२ । नेपाल एअर लाइन्स ताप्लेजुङले प्रत्येक साताको तीनदिन काठमाडौं–ताप्लेजुङ–काठमाडौं नियमित उडान तालिका रहेको जनाएको छ ।
मौसममा आएको बदलीका कारण विगत केहि समय देखि सुकेटारमा उडान भने भइरहेको छैन । नेपाल एअर लाइन्स ताप्लेजुङ स्टेशन प्रमुख नारायण कार्कीका अनुसार काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडानका लागि साताको सोमवार,वुधबार र शुक्रवारलाई नियमित उडान तालिका बनेको छ । सो अनुसार जहाजबाट यात्रा गर्न चाहनेले नेपाल एअर लाइन्स ताप्लेजुङमा सम्पर्क राख्न नेपाल एअर लाइन्सको ताप्लेजुङ स्टेशनले भनेको छ ।
ताप्लेजुङ स्टेशनले टिकटका लागि कार्यालयको आधिकारिक मोवाइल नम्बर ९८५२६६०१६७,०२४–४६०१६७ र ९८४२७४७५४७ मा सम्पर्क राख्न भनेको छ । सुकेटार विमानस्थलमा नेपाल वायु सेवा निगमको ट्विनअटर जहाजले काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान गर्ने गरेको छ । जेठ २२ गते सम्म भने सुकेटार बिमानस्थलमा नियमित उडान भइरहेको थियो ।