पुसे मेलाका लागि मेरिङदेनले दियो दुईदिन स्थानीय बिदा

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर २८ । ५२ बर्ष देखि लगातार लाग्दै आएको ऐतिहासिक पुसे मेलाका लागि ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले दुईदिन स्थानीय बिदा दिने भएको छ ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रत्नेश्वरप्रसाद शाहका अनुसार गाउँ कार्यपालिकाको निर्णय अनुसार पुस ३ र ४ गते दुईदिन स्थानीय बिदा दिईएको छ । उक्त दुईदिन आकस्किम सेवा बाहेक गाउँपालिका मातहतका सरकारी कार्यालय,सामुदायिक बिद्यालय एवम् संघसंस्थाहरुमा स्थानीय बिदा लागु हुने छ ।

पुस १ गतेदेखि ५ गतेसम्म मेरिङदेन गाउँपालिकाको वडा नं ३ खाम्लुङ र आठराई त्रिबेणी गाउँपालिकाको वडा नं ५ चाँगेको संगमस्थल दोभान बजारमा पुसे मेला लाग्दै छ । सो अवसरमा अन्तराष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिता,ब्याडमिन्टन प्रतियोगिता तथा साँस्कृतिक उत्सव समेत हुने पुसे मेला सञ्चालन समिति अध्यक्ष हेम चोङवाङले जानकारी दिनुभयो । उहाँका अनुसार पुसे मेला लाग्न थालेको यो बर्ष ५२ औं बर्ष हो ।

Similar Posts