ताप्लेजुङमा सुरुभयो एसईईको उत्तर पुस्तिका जाँच,फुङलिङका ४ केन्द्रको परीक्षण समन्वय इकाईमा हुने

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत १९ । ताप्लेजुङमा बिहीबारबाटै माध्यमिक शिक्षा परीक्षा(एसईई)को उत्तर पुस्तिका जाँच गर्न थालिएको छ ।

बासु मावि मेदिवुङ परीक्षा केन्द्रले उत्तर पुस्तिका जाँच गर्न थालेको जनाएको छ । साँझसम्ममा करिव ७५ जनाको उत्तर पुस्तिका जाँच गरिसकिएको केन्द्राध्यक्ष शान्तिराम नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार उत्तर पुस्तिका जाँच एकैदिन नसकिने भएकोले परीक्षा सकिनासाथ सम्वन्धित बिषयका बिषय विज्ञलाई खटाई बिहीबारबाटै उत्तर पुस्तिका जाँच गर्न थालिएको हो । ताप्लेजुङमा ११ परीक्षा केन्द्र रहेका छन् ।

जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवराज सेढाँइका अनुसार पाथीभरा याङवरक गाउँपालिकाको थेचम्बु मावि परीक्षा केन्द्र बाहेक जिल्लाका १० केन्द्रका परीक्षार्थीको उत्तर पुस्तिकाको जाँच सुरु भएको छ । बासु मावि मेदिवुङ परीक्षा केन्द्रको बाँकी रहेका उत्तर पुस्तिका सहित ४ केन्द्रको उत्तर पुस्तिका भने शिक्षा विकास तथा समन्वय इकाइमा केन्द्रित गरी जाँच गरिने भएको छ ।

यसबर्ष सरकारले सम्वन्धित परीक्षा केन्द्रमा नै उत्तर पुस्तिका जाँच गर्न निर्देशन दिएको छ । ताप्लेजुङमा नियमित र ग्रेडबृद्धि गरी २ हजार ९ जनाले परीक्षा लेख्नेछन् । पाथीभरा याङवरक गाउँपालिकाको भने शुक्रबारबाट परीक्षण थालिने छ ।

Similar Posts