प्रकाशक पन्दाक र सम्पादक अधिकारी पुरस्कृत

उज्यालो पोष्ट
ताप्लेजुङ,असार ७ । ताप्लेजुङबाट प्रकाशित एकमात्र दैनिक पत्रिका उज्यालो पोष्ट दैनिकका प्रकाशक चन्द्रबहादुर पन्दाक‘प्रयास’र सम्पादक खगेन्द्र अधिकारी एकसाथ पुरस्कृत हुनु भएको छ ।

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले १९ औं बजेट अधिबेशनको अवसर पारेर पन्दाक र अधिकारीलाई पत्रकारिताको माध्यमबाट स्थानीय सरकारलाई थप प्रभावकारी बनाउन भूमिका खेलेको भन्दै पुरस्कृत गरेको हो । पन्दाक र अधिकारीलाई जनही ५ हजार रुपैयाँ नगद सहित पुरस्कृत गरिएको पालिका अध्यक्ष मानबहादुर राईले जानकारी दिनुभयो ।

प्रकाशक पन्दाक र सम्पादक अधिकारीलाई गाउँपालिकाले गाउँपालिकाका अधिकाँस गतिविधिलाई प्रकाशन तथा प्रसारण गरेर पालिकाको गौरव र सेवा प्रवाह अभिबृद्धिका लागि खोजमुलक तथा समिक्षात्मक पत्रकारितामार्फत यस गाउँपालिकालाई जनउत्तरदायी र सेवाग्राही मैत्री बनाउन भूमिका खेलेको भन्दै पुरस्कृत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमेश सिवाले जानकारी दिनुभयो ।

गाउँपालिकाले १९ औं गाउँसभा अधिबेशनमार्फत पन्दाक र अधिकारीसहित उत्कृष्ट कर्मचारी,उत्कृष्ट कृषक,उत्कृष्ट पशुपालक,उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका,उत्कृष्ट अंक ल्याउने बिद्यार्थी र पर्यटन प्रर्वद्धनमा उल्लेखनीय योगदान दिने पर्यटन अभियान्ताहरुलाई समेत पुरस्कृत तथा सम्मान गरेको छ ।

Similar Posts