तमोर कोरिडोर सडक योजनामा निर्माण व्यवसायीले दिए धर्ना
-उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ ५ । ताप्लेजुङका निर्माण व्यवसायीले जिल्लास्थित तमोर कोरिडोर (सुभाङ्खोला–दोभान–ओलाङ्चुङगोला) सडक योजनामा धर्ना दिएका छन् । मूल्य वृद्धिले निर्माण क्षेत्रमा नकारात्मक असर पुग्दासमेत सरकारले बेवास्ता गरेकोभन्दै निर्माण व्यवसायीले सोमबार सडक योजनामा धर्ना दिएका हुन् ।
अध्यधिक मूल्य वृद्धिका कारण खेप्नुपरेको मार्काका विषय अवगत गराउँदै सरकारसमक्ष विभिन्न माग राखे पनि बेवास्ता गरिएको निर्माण व्यवसायीको गुनासो रहेको छ । पेट्रोलियम पदार्थसहित निर्माण सामग्रीको मूल्य वृद्धिले निर्माणसम्बन्धी कामहरु अघि बढाउन नसक्ने अवस्था आएकोले निर्माण अवधि (म्याद) थप्नुपर्ने र महंगी अनुसार बजेट व्यवस्थापन गर्नुपर्ने माग व्यवसायीको रहेको छ ।
ले सरकारसँग माग गरेका छन् ।
पछिल्लो समयमा भएको मूल्य वृद्धिले निर्माण व्यवसाय धरासय बनिरहेको र थप बजेटको व्यवस्थापन नहुँदासम्म यसअघिका योजनाहरु अघि बढ्न नसक्ने अवस्था आएको व्यवसायी बताउँछन् । मृल्य वृद्धिका कारण सिर्जना भएको विषम् परिस्थितिमप्रति सरकारले बेवास्ता गरेको व्यवसायीले आरोप लगाएका छन् ।
निर्माण सामग्रीको मूल्य वृद्धि भएपछि सुरुमै राखेको आफ्ना मागहरु सम्बोधन गराउनमा सरकार तथा सम्बन्धित निकायलाई दबाब दिने उद्देश्यले धर्नाका कार्यक्रम गर्दै आएको निर्माण व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष जसबहादुर लिम्बूले बताउनुभयो । अध्यक्ष लिम्बूका अनुसार पेट्रोलियम पदार्थसहित बिटुमिन, रड, सिमेन्टलगायत निर्माण सामग्रीको अधिक मूल्य वृद्धिका कारण योजनाहरुको काम अघि बढ्न नसक्ने अवस्था आएको छ ।
निर्माण व्यवसायीले हालको जटिल परिस्थितिमा निर्माण आयोजनाहरु पूर्व निर्धारित समयमा सम्पन्न गर्ने सम्भावना नभएकाले बैङ्क ग्यारेन्टी, बीमा तथा क्षतिपूर्तिसहित सबै आयोजनाको आवश्यक म्याद थप गर्नुपर्ने र बजेट व्यवस्थापन गर्न प्रदेश र संघीय सरकारसँग माग गरिएको छ । निर्माण व्यवसायीले यसअघि जिल्ला प्रशासन कार्यालय र पूर्वाधार विकास कार्यालयमा धर्ना दिएका थिए ।