हाङपाङमा भेटिएको शंकास्पद बस्तु निश्कृय

उज्यालो पोष्ट
ताप्लेजुङ फागुन १९ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं ३ हाङपाङ पञ्चमी क्षेत्रमा भेटिएको शंकास्पद बस्तु सुरक्षा फौजको टोलीले निश्कृय पारेको छ ।

बाटोमा रेडबुलको बट्टामा माटो भरी प्लासिष्टकको पाइपभित्र राखी त्यसमा पनि माटो भरी बिजुलीको तार जोडेर राखिएको देखेपछि स्थानीयले सुरक्षाफौजलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी प्रमुख डिएसपी बेदप्रसाद गौतमले उक्त शंकास्पद बस्तु सुरक्षाफौजको टोलीले निश्कृय बनाएको जानकारी दिनुभयो । खास त्यस्तो केही नभएको र अवस्था सामान्य भइसकेको गौतमको भनाई छ ।

Similar Posts