जन्मदिनको अवसरमा बिद्यार्थीलाई शैक्षिक सामग्री बितरण

उज्यालो पोष्ट
ताप्लेजुङ,पुस २२ । जन्मदिनको अवसर पारेर ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका एक युवाले स्थानीय एक बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्नु भएको छ ।

फक्ताङलुङ गाउँपालिका वडा नं २ खेजेनिमका मणिकुमार अन्छङ्वोले शिवु आधारभूत बिद्यालय खेजेनिमका सम्पूर्ण बिद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरी बिद्यालयमै जन्मदिन मनाउनु भएको स्थानीय दीपेन्द्र विश्वकर्माले जानकारी दिनुभयो ।

Similar Posts